१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

देशको अवस्था खस्किदै र जनतामा निराशा छ : इन्चार्ज भट्टराई



कपिलवस्तु ।

नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा उत्साह अन्य सरकारले दिन नसकेको एमाले पोलिटव्युरो सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज खिमलाल भट्टराईले बताउनु भएको छ । जिल्ला पार्टी कार्यालय तौलिहवामा विहिवार बसेको सल्लाहकार समितिको बैठकमा उहाँले ओली नेतृत्वको सरकार ढलेपछि देशको अवस्था खस्किदै गएको बताउनु भयो । एमाले नेतृत्व हुँदा शेयर बजार, आर्थिक पक्ष, विकासका कुराले लय समाएको नेता भट्टराईले जिकिर गर्नुभयो । अहिले त्यो माहोल देखिदैन, अर्थतन्त्र विग्रदो छ, जनतामा निराशा मात्र छ । देशको जर्जर अवस्थाको निकाश दिन एमालेको नेतृत्व चाहिने दावी गर्नु भयो । अहिले देशमा आर्थिक संकट छ , यस्तो अवस्था देशमा कुनै कालखण्डमा पनि भएको छैन । जहिले सम्म सत्ता गठवन्धन टिक्छ त्यो बेला सम्म यस्तै असन्तुष्टी र निराशा हुने बताउनु भयो । गठवन्धनको अयोग्यताको कारणले देशको विकास अझ पछाडी पर्ने भट्टराईले बताउनु भयो ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य गिरधारीलाल न्यौपानेले केपी ओली नेतृत्वको सरकार पछि कपिलवस्तु जिल्लामा विकासका कामले गती नलिएको जिकिर गर्नु भएको थियो । बैठकमा जिल्ला अध्यक्ष डम्मर शर्माले जिल्लामा भएका पार्टी गतिविधिको विषयमा प्रकाश पार्नुभएको थियो ।

एमाले पूर्व अध्यक्ष झवीलाल पोख्रेलले सल्लाहकारहरुको बैठकले पार्टी एक माना एकताका साथ अगाडी बढ्नेमा विश्वास गर्नु भयो । बैठकमा संघिय सांसद केन्द्रीय सल्लाकार मंगल प्रसाद गुप्ता, केन्द्रीय सल्लाहकार काषिराम बेल्वासेले सल्लाह सुझाव राख्नु भएको थियो ।
कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष विश्राम चौधरी, उप सचिव शुशिला दर्लामी, जिल्ला संमन्वय समितीका प्रमुख बाबुराम आचार्य, एमाले नेता बाबुराम खनाल, धर्म भुसाल, द्रोणराज सुवेदी, मेराज खाँ, धनु अधिकारी लगायतले सुझाव दिनु भएको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला सल्लाहकार परिषदका अध्यक्ष उपेन्द्र खनाल र सञ्चालन पार्टी सचिव सिवि गहतराजले गर्नु भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८० शुक्रबार ००:००  ८ : १४ बजे