१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भूकम्प अपडेटः ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुग्यो



काठमाडौं ।
गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय पाँच जना र रुकुम पश्चिममा ५२ जना गरी एक सय ५७ जनाको ज्यान गएको हो।

भूकम्पका कारण एक सय ७० जना घाइते भएका छन् । जाजरकोटमा ८१, रुकुम पश्चिममा ७८, दैलेख, जुम्ला र प्यूठानमा तीन–तीन जना तथा बैतडीमा दुई जना घाइते भएका हुन् । घाइतेमध्ये ७ जनालाई रुकुमको चौरजहारीबाट नेपाल एअरलाइन्सको ट्विनअटर जहाजमार्फत काठमाण्डौ ल्याइएको छ ।

अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेका छन् । नेपाल प्रहरीले आफ्ना आठ सय ६० जना जनशक्ति खटिएको जनाएको छ । गएरातिको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८० शनिबार ००:००  ६ : ०८ बजे