१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अराउजोले इन्जुरी टाइममा गोल गर्दा बार्सिलोना विजयी



काठमाडौं ।
रोनाल्ड अराउजोले इन्जुरी टाइममा गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा शनिवार राती रियल सोसिडाडलाई १-० ले पराजित गरेको छ ।

भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहयोगमा अराउजोले गोलले मान्यता पाएपछि बार्सिलोनाले नाटकीय जितसहित तीन अंक जोड्यो ।

इल्के गुन्डोगानको क्रसमा हराउजोले सुरुमा हेड हानेको बमला सोसिडाडका गोलकिपर एलेक्स रेमिरोको खुट्टामा लागेर गोल भएको थियो ।

तर सुरुमा यसलाई रेफ्रीले अफसाइड भएका थिए पछि भिएआरले गोल दिएको हो ।

त्यसअघि बार्सिलोनाका लागि गोल गर्ने अवसर भए पनि गावीको प्रहार रेमिरोले बचाएका थिए ।

खेलमा सोसिडाडले पनि गोल गर्ने अवसर पाएको थियो । तर ताकेफुसा कुबो र मार्टिन जुबिमेन्डीको प्रहार बार्सिलोनाका गोलकिपर मार्क आन्ड्रे टेर स्टेगनले बताएका थिए ।

यो जितपछि बार्सिलोना १२ खेलबाट २७ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । तर क्याटलान छिमेकी गिरोनाभन्दा चार अंकले पछि छ ।

समान खेलबाट ३१ अंक जोडेर गिरोना शीर्ष स्थानमा छ । ११ खेलबाट २८ अंकसहित रियल मड्रिड दोस्रो स्थानमा छ ।

यस सिजन लयमा रहेको गिरोनाले शनिबार चाँडो भएको खेलमा ओसासुनालाई ४-२ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको थियो ।

दोस्रो स्थानको रियल मड्रिडले आज रायो भालेकानोसँग खेल्दैछ र उक्त खेल जित्दै शीर्ष स्थानमा पुग्ने अवसर छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८० आइतबार ००:००  ७ : ११ बजे