१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

केनको ह्याट्रिकमा डर्टमण्डमाथि बायर्नको सानदार जित



काठमाडौं ।
ह्यारी केनले लगातार ह्याट्रिक गरेपछि बायर्न म्युनिखले जर्मन बुण्डेसलिगाअन्तर्गत डेर क्लासिकर खेलमा बोरियाड डर्टमण्डलाई ४-० ले पराजित गरेको छ ।

यसै सिजन मात्र इंग्लिस क्लब टोटनहमबाट जर्मन च्याम्पियन बायर्न पुगेका केनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

लगातार १२औं उपाधि जित्ने अभियानमा रहेको बायर्नले सुरुको १० मिनटेभित्रै डर्टमण्डको मैदानमा दुई गोल गरेको थियो ।

डायोट उपामाचोले चौथो मिनेटमै गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि नै केनले गोल गर्दै अग्रता दोब्बर पारे ।

केनले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने इन्जुरी टाइमामा ह्याट्रिक पूरा गर्दै बायर्नलाई ४-० को जित दिलाए ।

केनले बुण्डेसलिगामा गत साता डार्मस्टाड विरुद्धको ह्याट्रिक गरेका थिए र उनको यो लगातार दोस्रो तथा समग्रमा तेस्रो ह्याट्रिक हो ।

केनले लिगमा १० खेलमा १५ गोल गर्दै सानदार सुरुवात गरेका छन् ।

जितपछि १० खेलबाट २६ अंक जोडेर बायर्न दोस्रो स्थानमा छ र शीर्ष स्थानरको बायर लेभरकुजनलाई पछ्याइरहेको छ । समान खेलबाट लेभरकुजनको २८ अंक छ ।

१० खेलबाट २१ अंक रहेको डर्टमण्ड चौथो स्थानमा छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८० आइतबार ००:००  ७ : १३ बजे