१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

निमावि शिक्षक लाइसेन्स परिक्षामा ७५ प्रतिशत बढी परिक्षार्थी महिला



कपिलवस्तु ।
निमावि लाइसेन्स परिक्षामा सहभागी परिक्षार्थी मध्ये ७५ प्रतिशत बढी महिला रहेका छन ।

कपिलवस्तुका बिभिन्न ४० परिक्षा केन्द्रमा १० हजार ४ सयले परिक्षामा सहभागी हुने जनाइएको थियो ।

त्यस मध्ये शनिवार भएको परिक्षामा कपिलवस्तुमा १ हजार १८७ जना परिक्षामा अनुपस्थित रहेको शिक्षा समन्वय इकाईका प्रमुख थानेश्वर घिमिरले बताए । उनका अनुसार परिक्षामा सहभागीहरु मध्ये ७५ प्रतिशत बढी महिला रहेका थिए ।

आाधिकारिक तथ्याङ्क नभए पनि परिक्षा केन्द्रहरुमा अनुगमनकाक्रममा पुरुषहरुको सहभागीता २५ प्रतिशत भन्दा कम देखिएको उनले बताए ।

अहिलेको परिपेक्ष्यमा पुरुषहरु शिक्षक बन्न कम इच्छुक रहेको वा पुरुषहरु बैदेशिक रोजगारमा गएकाले यस्तो अवस्था आएको हुन सक्ने घिमिरेले बताए ।

‘हामीले ४० वटै केन्द्रमा अनुगन गर्यौ, जहाँ पनि महिलाहरुको संख्या अधिक देख्यौ’ उनले भने ।

उनले परिक्षा शान्तपूवर्क सम्पन्न भएको बताए । परिक्षा दिउँसो भएकाले यस पटक भने परिक्षार्थीलाई बस्न र खान पहिले यहाँ सम्पन्न परिक्षाको तुलनामा निकै सहज भएको बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८० आइतबार ००:००  ७ : २० बजे