१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इजरायल–गाजा युद्ध अन्त्यका लागि अनुरोध गर्न अमेरिकाद्वारा अस्वीकार



एजेन्सी ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले गाजामा युद्धविरामका लागि इजरायललाई आग्रह गर्नै अस्वीकार गर्नुभएको छ ।

जोर्डनमा भएको अरब देशका नेताहरुसँगको छलफलपछि उहाँले अरब देशका नेताहरुले तत्काल युद्ध रोक्नुपर्ने बताए पनि त्यो सम्भव नरहेको बताउनुभएको बीबीसीले जनाएको छ । यही अवस्थामा युद्ध रोकेमा विद्रोही समूह हमास पुनः सङ्गठित भएर मध्यपूर्वको शान्ति अवस्थामा अवरोध ल्याइरहने ब्लिङ्केनको भनाइ छ ।

उहाँले अरब देशका नेताहरुसँग इजरायल–हमास युद्धमा सर्वसाधरणको ज्यान जाने क्रम रोक्ने उपाय खोज्नुपर्ने तर हमास विरुद्धको युद्ध रोक्न नहुने बताउनुभयो । अरब देशका नेताहरुले भने इजरायलले युद्ध अपराध गरिरहेको भन्दै यसलाई आत्मरक्षा हो भनेर स्वीकार नगर्ने बताएका बीबीसीले जनाएको छ ।

ब्लिङ्केन इजरायल–हमास युद्ध शुरु भएपछि तेस्रोपटक इजरायल पुगेर अरब देशका नेताहरुसँग छलफल गर्न जोर्डन पुग्नुभएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८० आइतबार ००:००  ७ : ३६ बजे