१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

२० रुपैयाँ नतिरेको निहुँमा अर्घाखाँचीमा ७२ वर्षीया वृद्धाको हत्या



अर्घाखाँची ।
अर्घाखाँचीमा २० रुपैयाँ नतिरेको निहुँमा एक वृद्धाको हत्या भएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ९, गोखुङ्गाकी ७२ वर्षीया हरिकला भुसालको हत्या भएको हो ।

मालारानी स्थायी ठेगाना भइ भूमिकास्थान १, रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले उनको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रतित सिंह राठोरले बताए ।

गएको १४ गते २० रुपैयाँ नतिरेको भन्दै नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए । झगडाले उग्र रुप लिँदै जाँदा भुसाललाई उनले खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गोपाल नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८० शुक्रबार ००:००  ६ : १५ बजे