८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

जेम्स म्याडिसन जनवरीसम्म मैदानबाहिर रहने



एजेन्सी ।
घुँडाको चोटका कारण जेम्स म्याडिसन जनवरीसम्म मैदानबाहिर रहने भएका छन्।

टोटनह्यामका २६ वर्षीय मिडफिल्डर म्याडिसनले घुँडाको चोटका कारण नोभेम्बरमा हुने युरो २०२४ को छनोटका लागि इङ्ल्याण्डको टोलीबाट नाम फिर्ता लिएका छन्।

प्रिमियर लिगमा सोमबार चेल्सीसँग ४–१ को हार भोग्दा उनी घाइते भएका थिए। उनी आगामी २ महिना मैदान बाहिर रहने टोटनह्यामका प्रशिक्षक एन्जे पोस्टेकोग्लोले पुष्टि गरेका हुन्।

चोट बोक्दै मैदान बाहिर आएका म्याडिसनको भोलिपल्ट स्क्यान गर्न लगिएको थियो। उनले थपे, ‘आगामी नयाँ वर्षसम्म डिफेन्डर मिकी भ्यान डे पनि मैदान बाहिर रहनेछन्।’

वुल्फ्सबर्गबाग समरमा अुनबन्ध भएका भ्यान डे पनि सोही खेलमा ह्यामस्टिङको चोट बोक्न पुगेका थिए।

एकपछि अर्को खेलाडी घाइते हुदा टोटनह्यामलाई संकट पर्न सक्नेछ।

टोटनह्याम यसअघि ब्राजिलका फरवार्ड रिचार्लिसन बिनै थियो। यही महिनाको सुरुआतमा ग्रोइनको चोटमा शल्यक्रिया भएको थियो। तर प्रशिक्षकले उनी चाँडै फर्कने बताएका छन्।

चेल्सीविरुद्ध रातो कार्ड पाएका डिफेन्डर क्रिस्टियन रोमेरो र डेस्टिनी उदोगीले शनिबार हुने प्रिमियर लिगमा वुल्भ्सविरुद्धको खेल गुमाउनेछन्।

प्रकाशित मिति : २५ कार्तिक २०८० शनिबार ००:००  ७ : ५६ बजे