५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

चेल्सी न्युक्यासलसँग ४–१ गोलले पराजित



काठमाडौं ।
आर्सनल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई १–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको हो । उसका काइ हाभर्टजले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक भयो । उनले ८९औँ मिनेटमा गोल गरेका थिए ।

आर्सनलको १३ खेलका ३० अङ्क भएको छ । यसअघि हिजो भएको खेलमा म्यानचेस्टर सिटी र लिभरपुलले एकरएक गोलको बराबरी खेले । सिटीले एर्लिङ हालान्डको गोलमा लिएको अग्रता जोगाउन सकेन । खेलको ८०औँ मिनेटमा अलेक्जेन्डर अर्नोल्डले गोल गर्दै लिभरपुललाई बराबरी गरे । सिटी २९ अङ्कसहित दोस्रो र लिभरपुल २८ अङ्कसहित तेस्रो स्थानमा छ ।

त्यस्तै, अर्को खेलमा न्युक्यासल युनाइटेडले चेल्सीलाई ४–१ गोलले हरायो । दोस्रो हाफको ७३औँ मिनेटमा रिस जेम्स दोहोरो पहिलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

न्युक्यासल २३ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । चेल्सी १६ अङ्कसहित १०औँ स्थानमा झरेको छ । अरु खेलमा बर्नमाउथले सेफिल्ड युनाइटेडलाई ३–१ गोलले, ब्राइटनले नटिङ्घम फरेस्टलाई ३–२ गोलले, वेस्ट ह्यामले बर्नलीलाई २–१ गोलले र लुटन टाउनले क्रिस्टल प्यालेसलाई २–१ गोलले हराएको छ ।

प्रिमियर लिगमा आज दुई वटा खेल हुँदैछन् । नेपाली समय अनुसार बेलुका पौने ८ बजे टोटनहम र एस्टनभिल्ला तथा राति सवा १० बजे एभर्टन र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ ।

प्रकाशित मिति : १० मंसिर २०८० आइतबार ००:००  ९ : १२ बजे