३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

बर्दियामा बाघको आक्रमणबाट भारतीय नागरिक गम्भीर घाइते



बर्दिया ।
बर्दियाको बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा ४५ वर्षीय अनिल शर्मा रहेका प्रहरीले जनाएको छ।

बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गरेको र घाइतेको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

घाइते शर्माको ठेगाना थाहा हुन नसके पनि भारतीय नागरिक रहेको प्रहरी जनाएको छ। रासस

प्रकाशित मिति : १२ मंसिर २०८० मंगलबार ००:००  ९ : १६ बजे