७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

आम्दा अस्पतालमा डाक्टर कुटिए, आईसीयूमा उपचार हुँदै



लुम्बिनी ।
सिद्धार्थ बाल तथा महिला अस्पताल ९आम्दा० बुटवलमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ। सुत्केरीको मृत्युभएपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन्।

सुत्केरी गराउन सोमबार अस्पताल भर्ना भएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीया भवानी रास्कोटीको मंगलबार उपचारका क्रममा मृत्यु भएको थियो। सुत्केरी पछि मृत्यु भएको विषयलाई लिएर अस्पताल पक्ष र आफन्तबीच विवाद चर्किएको थियो। विवाद बढ्दै जाँदा मृतकका आफन्तहरुले अस्पतालका चिकित्सक मेसु डा बस्यालमाथि हातपात गरेका हुन्।

मृतकका आफन्तले सुत्करीपछि सामान्य अवस्थामा रहेको तर के कारणले पछि मृत्यु भएको हो भन्दै कारण खोजिगरेका छन्। आफन्तले कारण खोज्दै होहल्ला गरेपछि विवाद बढेको थियो।

अस्पताल व्यवस्थापन र आफन्तबीच विवाद बढ्दै गएपछि मेसु डा बस्यालमाथि हातपात भएको जानकारी आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए। हातपातका कारण घाइते भएका डा बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको आऐसीयू कक्षमा उपचार भइरहेको छ।

डाक्टरमाथि हातपात गर्ने केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

प्रकाशित मिति : १४ मंसिर २०८० बिहिबार ००:००  ७ : ४८ बजे