१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

यथाशिघ्र छाडा पशु चौपाया व्यवस्थापन हुने : नगरप्रवक्ता पौडेल



मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरपालिकाले छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापनबारे सरोकारवाला संग नियमित छलफल गर्दै कामलाई अघि बढाएको छ । सोही क्रममा नगरपालिकामा गठित छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन समितिको वैठक आज वाणगंगा नगरपालिका २ पिपरामा सम्पन्न भएको हो । वैठकले नगरको प्रमुख समस्याको रुपमा रहेको छाडा चौपया व्यवस्थापन कार्यलाई यथाशिघ्र अघि बढाउने निर्णय गरेको हो । पशु चौपाया व्यवस्थापनको सम्भावना र चुनौती लगाएतका विविध विषयमा छलफल गरेको हो ।
वैठकमा वाणगंगा नगरपालिकामा नगर प्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडा अध्यक्ष बाबुराम अर्याल, सव डिभिजन बन कार्यालय पिपरा कपिलवस्तुका प्रमुख शिव बहादुर केसी, ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझी, शसस्त्र प्रहरी बल पिपराका प्रमुख राजेन्द्र कुँबर, मनकामना सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष मुक्त बहादुर कार्की, वैजलपुर जनकल्याण सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष सत्य नारायण थारु, पिपरा कोठी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष रत्न बहादुर कार्की, मायादेवी साझेदारी बन उपभोक्ता व्यवस्थापन समितिका अध्यक्ष दिनेश जयसवाल लगाएतको सहभागीता रहेको नगर प्रवक्ता तथा वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । प्रवक्ता पौडेलले यथाशिघ्र छाडा पशु चौपाया व्यवस्थापन हुने बताउनु भयो ।
समितिले वडा तथा नगरपालिका तहमा विभिन्न चरणमा सरोकारवालासंग छलफल गर्दै छाडा पशु चौपाया व्यवस्थापनमा सकृयता देखाएको छ । यसअघि प्रदेश तथा नगरस्तरमा सम्वन्धित निकायसंग छलफल गरी व्यवस्थापनको पक्षमा छलफल गरेको थियो । नगरपालिकाले पशु चौपाया व्यवस्थापनको लागि मधुबनमा गौशाला ब्यबस्थापनको सुरुवात पनि गरेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८० शुक्रबार ००:००  ११ : २५ बजे