१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन अब जेठमा हुने



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकेको छ ।

आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ जेठ ३ देखि ७ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । यसअघि एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन माघ १४ देखि १८ गतेसम्म तोकिएको थियो ।

राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदा सम्बन्धमा छलफलका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय कमिटी गठन भएको प्रवक्ता खतिवडाले बताउनुभयो ।

यस्तै पार्टीले माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने प्रवक्ता खतिवडाले बताउनुभयो । उहाँका अनुसार आजको बैठकले यही मङ्सिर २८ र २९ गते सचिवालय बैठक, पुस ९ गते स्थायी कमिटी, पुस १० गते पोलिटब्युरो बैठक, पुस ११ र १२ केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको छ ।

पार्टीको बैठकले राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८० मंगलबार ००:००  ८ : २२ बजे