१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाँकेका तीन पानी उद्योगलाई कारबाही



बाँके ।
जिल्ला प्रशासन कार्यालय बाँकेले अनुगमको क्रममा कैफियत पाइएका विभिन्न पानी उद्योगलाई कारबाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा सरोकारवाला निकायहरूको सहभागितामा बिहीबार जिल्लाका खानेपानी उत्पादन गर्ने उद्योगको अनुगमन भएको थियो ।

राना प्रोसेसिङ ड्रिङ्किङ वाटर इन्ड्रस्ट्रिज नेपालगन्जलाई २० हजार रुपैयाँ जरिवाना गर्नुका साथै अनुज्ञा पत्र नलिदासम्मका लागि उत्पादन रोक्का गरिएको छ । वाइके ड्रिङ्किङ वाटर इन्ड्रस्ट्रिजलाई सुरक्षित तवरले पानी उत्पादन सुनिश्चित नगर्दासम्मका लागि उद्योग सिल गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी न्यु सगरमाथा पानी उद्योगलाई बिल बिजक बिना कारोबार गरेकोले ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमका क्रममा खानेपानी संस्थानबाट वितरण हुने पानीको नमुना परीक्षणका लागि सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८० शुक्रबार ००:००  ८ : १४ बजे