१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तु महोत्सवमा रेस्लिङ, हेर्ने होइन त ?



कपिलवस्तु ।
बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म हुन लागेको १४ औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा आज रेस्लिङको हार्ड कोर म्याच हुने भएको छ ।

बुद्ध रंगशालामा शुक्रबार पनि रेस्लिङ भएकोमा शनिबार (आज) पनि रेस्लिङ हुने भएको हो । आज नेपालकै चर्चित तथा नेपालको नम्बर वान हार्ड कोड च्याम्पियन मुना श्रेष्ठ (ड्यागन लेडी) भिड्नेछिन् । उनको प्रतिस्पर्धा भारतका रेस्लरसंग हुने छ । त्यसअघि नेपाल र भारतका खेलाडीका बिभिन्न खेल हुनेछन् ।

आज साढे २ घण्टा ४ फाइट हुने बताइएको छ । हिजो भएको खेलबाट धेरै दर्शक प्रभावित भएका छन् । कतिपय दर्शक वनभोज छोडेरै आएका थिए । महोत्सवमा रेस्लिङ हुने भएपछि लुम्बिनी प्रदेशमै यसको चर्चा भएको छ । यस्तै रामजि खाँण, अनु चौधरी लगायतको पनि प्रस्तुति हुने आयोजक बताउँछन् ।

साथमा महोत्सवमा कृषि, हस्तकला, प्रविधि, पर्यटन, दैनिक उपभोग्य सामग्री तथा लत्ता कपडा आदिको प्रदर्शनी, डान्स आइडल, स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति रहने बताइएको छ । करिब ३ सय स्टल रहने महोत्सवको तयारी धमाधम भइरहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८० शनिबार ००:००  ८ : ५५ बजे