१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भोली महोत्सव स्थलमा खुला रक्तदान हुदै



वाणगंगा ।
देशभर रगतको अभाव भइरहदा रक्तदान जीवनदान भन्ने पवित्र उद्देश्यले खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बुधबार विहान ११ बजे कपिलवस्तु महोत्सव स्थल बुद्धरंगशालामा कपिलवस्तु जेसिजको आयोजना र विभिन्न संघसंस्थाको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक जेसी राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा स्थानीय सवै संघ संस्थालाई सहकार्यका लागि आवहन गरिएको अर्यालले मायादेवी अनलाइनलाई बताउनुभयो । कपिलवस्तु जेसिजले वर्षभरी नै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको छ । कपिलवस्तु जेसिजले नियमित रक्तदाता, युवा, विद्यार्थी, महिला, समाजसेवी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधी सवैलाई रक्तदान कार्यक्रममा सहभागी भई जीवन बचाउने जस्तो महान कार्यमा जुट्न अपिल समेत गरेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८० मंगलबार ००:००  ७ : ५६ बजे