१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाजा क्षेत्रमा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वको समर्थन गुमाइरहेको अमेरिकाको टिप्पणी



एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रमा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वको समर्थन गुमाइरहेको बताउनु भएको छ । इजरायलप्रति अमेरिकाको यो टिप्पणीलाई निकै कडा रुपमा हेरिएको छ । बाइडेनले अमेरिका सदैव इजरायलको साथमा रहेको भने दोहोराउनु भएको छ ।

उहाँले प्यालेस्टाइनको विद्रोही समूह हमासमाथि कारबाहीलाई लिएर कुनै प्रश्न नभएको र यसमा इजरायलको पुरै अधिकार भएको पनि बताउनु भएको छ । तर, मानव जीवनको रक्षाका लागि प्राथमिकता दिन अमेरिकाको आग्रह छ ।

इजरायललाई समर्थन गर्दै आएको अमेरिकाले यस अघि गाजा क्षेत्रमा युद्ध बिराम गर्ने प्रस्तावमा भिटो अर्थात विशेषाधिकार प्रयोग गरेर असफल बनाइदिएको थियो । हमासले आक्रमण गरे पछि इजरायलले गएको अक्टोबरदेखि गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ ।

यो आक्रमणमा गाजाका १८ हजार भन्दा धेरैको ज्यान गएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, हमासको आक्रमणमा परेर इजरायलका एक हजार दुई सय जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८० बुधबार ००:००  ९ : २१ बजे