१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पेट्रोल, डिजेलको भाउ लिटरमा ३ रुपैयाँले घट्यो



काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले पेट्रोल तथा डिजेलरमट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट आज मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो ।

अब काठमाण्डौ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्नेछ भने डिजलको मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने घटबढ गरेको छैन ।

प्रकाशित मिति : ३० मंसिर २०८० शनिबार ००:००  ७ : ३४ बजे