१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणगंगा ९ को खुतखुते सामुदायिक वनमा झाडी सफाई



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तु बाणगंगा नगरपालिका ९ भर्लाबासमा रहेको खुत्खुते सामुदायिक बन उपभोक्ता समूहले बन सम्बर्द्धन प्रणालीमा आधारित वन ब्यबस्थापन वनको ३ वटा ब्लक मध्येको एउटा ब्लकमा झाडि सफाई गर्ने काम गरेको छ ।

बाणगंगा नगरपालिका ९ मा यो सामुदायिक वनले वन सम्बर्द्धन प्रणालीमा आधारित वन ब्यवस्थापनको शुरूवात गरेको थियो ।

यस सामुदायिक वनमा २ सय ४ वन उपभोक्ता रहेका छन् ।

यस वनको श्रोतबाट गाउँमा सडक बिस्तार, सिंचाइ नहर निर्माण, वनका बिपन्न उपभोक्तालाई सहयोग गरि रचनात्मक काम गर्दै आएको छ ।

साथै डिभिजन वन कार्यालय कपिलवस्तुबाट पुरस्कृत भै जिल्ला मै अब्बल नमूना सामुदायिक बनको रूपमा परिचित छ ।

प्रकाशित मिति : ३० मंसिर २०८० शनिबार ००:००  ७ : ४३ बजे