१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुको पिपरा प्रहरीले डेरा गरी बसेको चोरको गिरोह समात्यो



कपिलवस्तु ।

कपिलवस्तुमा संगठित चोरको ६ जनाको गिरोहलाई अदालतवाट ५ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान शुरु गरिएको छ ।

इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल बहादुर रायमाझीका अनुसार लागू औषध र चोरीका सामान सहित पक्राउ परेकालाई अनुसन्धान प्रक्रिया अगाडी बढाइएको हो ।

खैरो हेरोईन, बिभिन्न मालसामान र नगद सहीत कपिलवस्तुमा चोरहरुको ६ जनाको गिरोह पक्राउ परेको उहाँले बताउनु भयो । इलाका प्रहरी कार्यलय पिपरा कपिलवस्तुमा पत्रकार सम्मेलनको अयोजना गरी संगठित चोरहरुलाई सार्वजनिक गरिएको हो ।

बाणगंगा नगरपालिका वडा नं. २ गोबडिहवामा लागू औषध (ब्राउन सुगर) ७१० मिलिग्राम, चोरीका मालसामान सहित ६ जना मानिस पक्राउ परेका हुन् ।

नवलपरासी (पूर्व) देवचुली नगरपालिका वडा नम्बर २ का २३ बर्षीय मुक्ति प्रसाद खनाल डेरामा बस्दै आएको अवस्थामा उनीहरु खैरो हेराईन र चोरीका मालसामान सहीत पक्राउ परेको प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले बताए ।

उनीहरुको साथबाट दुई वटा मोटरसाइकल, विभिन्न दरका नोट तथा सिक्का (डवल) गरी ३ लाख ४९ हजार २५५, मोबाईल नौ थान ,सुन जस्तो देखिने गर गहना, चादी जस्तो देखिने गरहना बरामद भएको छ ।

यस्तै डेल कम्पनीको ल्याबटप, डिजिटल क्यामेरा, चक्कु खोडा लगायतका सामान बरामद भएका छन् ।

पक्राउ पर्नेहरुमा नवलपरासी देवचुली नगरपालिका वडा नम्बर २ का २३ बर्षीय मुक्ति प्रसाद खनाल, कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. २ बस्ने २६ को विबेक थापा मगर, कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. २ बस्ने २८ का विनोद परियार, सोही ठाउँका ३३ बर्षीय बिष्णु श्रेष्ठ, रुपन्देही सैनामैना नगरपालिका वडा नं. ९ बस्ने १८ को मनोज दर्जी र सोही ठाउँका बर्ष १८ का समिर परियार रहेका छन् ।

उनीहरुलाई जिल्ला अदालत कपिलवस्तुबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरी उपरिक्षक थापाले बताए ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक रायमाझीले लागू औषध अन्तर्गत चलाएको अभियानमा चोरहरुको ठेलो गिरोह पक्राउ परेको बताए ।

प्रकाशित मिति : २ पुस २०८० सोमबार ००:००  ८ : ५३ बजे