१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रुपन्देहीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ



काठमाडौं ।
रुपन्देहीको करैया सामुदायिक वनबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ पर्नेमा देवदह नगरपालिका–१० गैरीगाउँ का ४८ वर्षीय कर्णबहादुर परियार र त्यही ठाउँको चरङ्गेका ४२ वर्षीय दिपक परियार रहेका छन् ।

तिलोत्तमा नगरपालिका–८ मा रहेको करैया सामुदायिक वनबाट उनीहरुलाई २ नाल भरुवा बन्दुक, छर्रा र बारुदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हिजो पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ पुस २०८० मंगलबार ००:००  ८ : ०७ बजे