७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम पूर्वानुमान महाशाखाले भन्यो- देशभरको तापक्रम घट्दैछ, चिसोबाट बच्नुस् !



काठमाडौँ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यतिबेला कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था छ।

ती प्रदेशमा आज दिनभर र राति पनि मौसम आंशिक बदलीको अवस्थामै रहने छ। तर, वर्षा अथवा हिमपातको सम्भावना आज नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका बाँकी भू-भागमा भने आज मौसम सामान्यतया सफा रहने छ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कताअपनाउन सबैमा अनुरोध छ।’

प्रकाशित मिति : ४ पुस २०८० बुधबार ००:००  ८ : २६ बजे