८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

गहुँको समर्थन मूल्य तोकियो, प्रतिक्विन्टल कतिमा खरिदबिक्री ?



काठमाडौँ ।
सरकारले गहुँ बालीको न्यूनतम सर्मथन मूल्य निर्धारण गरेको छ । गत वर्षभन्दा करिब ३ सय रुपैयाँ बढाएर सरकारले ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा प्रतिक्विन्टल गहुँ बालीको न्यूनतम सर्मथन मूल्य तोकेको हो ।

गत वर्ष ३ हजार ३ सय ५० रुपैयाँदेखि ३ हजार ३ सय ५१ रुपैयाँ न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो ।

यो वर्ष गहुँको प्रतिक्विटल उत्पादन २ हजार ९ सय ७७ रुपैयाँ ७२ पैसा, उत्पादन लागत प्रतिक्विटल ५ सय ९४ रुपैयाँ ५४ पैसा र प्रतिक्विटल ढुवानी लागत ७६ रुपैयाँ ८८ पैसा गरी ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा प्रतिक्विन्टल मूल्य निर्धारण गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८० बुधबार ००:००  ३ : २५ बजे