१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो



एजेन्सी ।
रियल मड्रिड स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । बिहीबार भएको खेलमा एलभासेलाई १–० ले हराएर रियल मड्रिड शीर्ष स्थानमा उक्लेको हो । लुकास भाजक्वेजले दोस्रो हाफको इन्ज्युरी समयमा गरेको गोल जितका लागि पर्याप्त भयो ।

खेलको ५४औँ मिनेटमा नाचोले रातो कार्ड खाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो । यसअघि शीर्षमा रहेको जिरोनाले रियल बेटिससँग १–१ को बराबरी खेलेपछि रियलसामु अगाडि बढ्ने अवसर मिलेको थियो ।

रियलको १८ खेलबाट ४५ अंक छ भने जिरोनाको पनि समान खेलबाट ४५ अंक नै छ । बार्सिलोना ३८ अंकसहित तेस्रो स्थानमा छ ।

अन्य खेलमा रियल मार्लोकाले ओसासुनालाई ३–२ ले हरायो भने काडिज र रियल सोसिडाडले गोलरहित बराबरी खेले ।

प्रकाशित मिति : ६ पुस २०८० शुक्रबार ००:००  ७ : ५३ बजे