१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

साझेदार संस्थालाई ४ दिने उद्यमशीलता तालिम



कपिलवस्तु, मायादेवी अनलाइन ।

सामाजिक उद्यमशीलता तथा वातावरणीय न्याय सम्बन्धी ४ दिने क्षमता अभिवृद्धि कार्यक्रम कपिलवस्तुको वाणगंगामा शनिबार सम्पन्न भएको छ । पिपिएएफको आयोजनामा आई एम स्वीडिस पार्टनरका साझेदार संस्थाहरुका प्रमुख तथा प्रतिनिधीको सहभागीता रहेको कार्यक्रममा कपिलवस्तु, दांग र काठमाण्डौ गरी २० जनाको सहभागीता रहेको थियो ।
कपिलवस्तुको सिद्धार्थ सामाजिक विकास केन्द्र, इन्द्रेणी ग्रामिण विकास केन्द्र, दलित सामाजिक विकास संस्था, दांगको स्वान, सिड, मुक्त कमलरी विकास मंच, एफटिजीका प्रतिनिधीहरुलाई साझेदारी कार्यक्रम समाप्तीसंगै सामाजिक उद्यमशीलता मार्फत समुदायमा संस्थाको भूमिका कसरी बढाउने भन्ने उद्देश्यले तालिम संचालन गरिएको थियो ।

साझेदार नीति सल्लाहकार मंच (पिपिएएफ) का संयोजक पोमनारायण पौडेलले सामुदायमा लामो समयसम्म काम गरिरहेको संस्थाहरुले सामाजिक उद्यमशीलता र वातावरणीय न्यायको सवाललाई कसरी अघि बढाउन सकिन्छ भन्दै त्यसका सम्भावना र अवसरबारे क्षमता अभिवृद्धि गरिएकोले संस्थाहरुको दीगोपनामा मद्धत पुग्ने बताउनुभयो । कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम फोकल पर्सन रोमकान्त घिमिरेले अनुभबी प्रशिक्षकबाट तालिम धेरै प्रभावकारी भएको र आगामी दिनमा थप सहकार्य गरेर जानसकिने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा ईन्द्रेणी ग्रामिण विकास केन्द्रका कार्यकारी निर्देशक प्रदिप शाहले विगतमा गरेका अभ्यासमा आधारित रहेर सामाजिक उद्यमशिलतालाई प्रवर्धन गर्न थप टेवा पूग्ने बताउनुभयो ।
कार्यक्रममा एफटिजीका अध्यक्ष सुनिल चित्रकारले सामाजिक संघसंस्थाहरु दिगोरुपमा अघि बढाउन उद्यमशिलता महत्वपूर्ण बाटो हुने बताउनुभयो । उहाँले कार्यक्रममा सहजीकरण गर्दै गैरसरकारी संस्थाहरुले अव चन्दा, सहयोग र अनुदान वितरण भन्दा पनि समुदायलाई आत्मनिर्भर बनाउने व्यवसायिकता उद्यमशिलतामा अघि बढ्नुको कुनै विकल्प नभएको बताउनुभयो ।
त्यस्तै कार्यक्रमका अर्का प्रशिक्षक राजु चापाँगाईले सुशासन, सामाजिक आर्थिक तथा राजनीतिक अधिकारका लागि संविधानले धेरै कुरा बोलेको भन्दै सुचनाको हकको अभ्यास गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले अव वातावरणीय न्यायका लागि संघसंस्थाहरुले समुदायमा सचेतना र भूमिका बढाउन जोडदिनुभयो ।

प्रकाशित मिति : ८ पुस २०८० आइतबार ००:००  ९ : २८ बजे