२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

रोनाल्डोको गोल वर्षा जारी, सन् २०२३ मा ५३ गोल



एजेन्सी ।
क्रिस्टियानो रोनाल्डोले आफ्नो गोल वर्षा जारी राख्दा अल–नासरले साउदी प्रो लिगमा १० खेलाडीमा सीमित अल–इतिहादमाथि ५–२ को सहज जीत हासिल गरेको छ ।

खेलमा अग्रता भने अल–इतिहादले लिएको थियो । अब्देरजाकले हमदल्लाहले १४ औँ मिनेटमा टोलीलाई अग्रता दिलाए । तर, १९ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे । ३८ औँ मिनेटमा टालिस्काले अल–नासरलाई अग्रता दिलाए ।

दोस्रो हाफको सुरुवातमा हमदल्लाहले अल–इतिहादका लागि बराबरी गोल फर्काएका थिए । तर, ६६ औँ मिनेटमा फाबिन्होले रातोकार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बन्यो । ६८ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पुनः अल–नासरलाई अग्रता दिलाए ।

पोर्चुगिज फरवार्ड यो सिजन उत्कृष्ट फर्ममा देखिएका छन् । लिगमा यो सिजन उनले आफ्नो गोल सङ्ख्या १९ पुर्‍याएका छन् । गोल्डन बुटको दौडमा उनी अग्रस्थानमा छन् । सबै प्रतियोगितामा उनले यो सिजन २१ गोल गरेका छन् भने सन् २०२३ मा उनको गोल सङ्ख्या ५३ पुगेको छ ।

खेलको अन्त्यतिर साडियो मानेले दुई गोल थप्दै टोलीलाई सहज जीत दिलाए । जीतपछि अल नासरले शीर्ष स्थानमा रहेको अल–हिलालसँगको दुरी ७ अङ्कमा झारेको छ ।

प्रकाशित मिति : ११ पुस २०८० बुधबार ००:००  ११ : ५० बजे