२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

अध्यादेश ल्याएरै भए पनि संघीयता कार्यान्वयन गर्नुपर्छः समाजवादी मोर्चा



काठमाडौं ।
समाजवादी मोर्चाले अध्यादेश ल्याएरै भए पनि संघीयता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ ।

बुधबार बिहान बालुवाटारमा बसेको मोर्चाको बैठकले संविधानमा भएका अनुसूचिलाई व्यवस्थित गर्न अध्यादेश ल्याएरै भए पनि कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकले संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकले सरकारले संघीयता विरोधी शक्तिलाई निस्तेज पार्दै गएको र भ्रष्टाचारको विरोधमा अभियान चलाएर इतिहासमै राम्रो काम गरेको निष्कर्ष निकालेको नेता श्रेष्ठले बताए ।

मोर्चाको बैठक साँझ ६ बजे फेरि बस्नेछ ।

प्रकाशित मिति : ११ पुस २०८० बुधबार ००:००  १२ : ०० बजे