२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

खुत्खुते सामुदायिक बनको १३औं साधारण सभा सम्पन्न



बाबुराम रायमाझी, वाणगंगा ।

समृद्धिका लागि बन भन्ने मुल नाराका साथ वाणगंगा ९ उत्तमनगर  भर्लाबासमा अबस्थित खुत्खुते सामुदायिक बनले १३औं बार्षिक साधारणसभा आफ्नो परिसरमा  सम्पन्न गरेको छ । साधारण सभामा समुहका सचिव ख प्रसाद  बुढा मगरले समुहको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने  सदस्य पोम प्रसाद अर्यालले आर्थिक बर्ष २०७९/८० को कुल १ करोड ३६ लाख १६ हजार बराबरको आय -ब्यय सार्बजनिक गरेका थिए । लेखा प्रतिबेदन लेखा संयोजक शुसिला खत्रीले बाचन गरेकी थिइन । चालु आर्थिक बर्षमा गरिने कार्यक्रम र रणनीतिको बारेमा समुहका अध्यक्ष भिम बहादुर पुनले जानकारी गराएका थिए ।

कार्यक्रममा समुहले २१ जना जेष्ठ नागरिक, १२ जना  बिपन्न  जेहेन्दार  विद्यार्थी, पुर्ब कार्यसमितिका पदाधिकारी २ जना स्वास्थस्वयंसेविकालाई कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला डिभिजन बन अधिकृत  बिजयराज सुबेदिले दोसल्ला र नगदबाट सम्मानित गरेका थिए ।साथै सामुदायिक बनबाट भर्लाबासमा रहेकोे नयाँकिरण सहकारी संस्थालाई १ थान कम्प्युटर पनि  प्रदान गरेको थियो ।

कार्यक्रममा जिल्ला डिभिजन बन अधिकृत  बिजयराज सुबेदिले बनको संरक्षण ,सम्बर्द्धन र बन ब्यबस्थापनमा बन अतिक्रमण ठुलाे शत्रु भएको बताउदै हामी सामुदायिक बनका उपभोक्ताहरु प्रकृतिमय भएर काम गर्नुपर्ने बताएका थिए । उनले मुलुकमा बैज्ञानिक बनको अवधारणा लागु भएपछी सामुदायिक बनले धेरै रचनात्मक  काम गरेको  बताएका थिए ।

त्यस्तै कार्यक्रममा वडा अध्यक्ष कमल पौडेल, बैज्ञानिक बन महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष दिपक थापा, भलवाड स्वास्थ चौकी प्रमुख जित बिकास रायमाझी,पत्रकार बाबुराम  रायमाझी, कोइलीचौर सामुदायिक बनका अध्यक्ष  कुन्तामनी भुसाल, उत्तम नगर टाेल विकास संस्था भर्लाबासका अध्यक्ष रेशम आचार्यले आआफ्नो धारणा राख्दै १३ औ बार्षिक साधारणसभाको सफलताको शुभकामना दिएका थिए । कार्यक्रम समुह्का अध्यक्ष भिम बहादुर पुनको अध्यक्षता, उपाध्यक्ष शकुन्तला आचार्यको स्वागत सचीव ख प्रसाद बुढाको संचालनमा भएको थियो ।

यस बनमा २ सय ७ बन उपभोक्ता आबद्ध रहेका छन् । यो बन २ सय ५३ दसमलव ५ हेक्टर क्षेत्रफलमा रहेको छ ।

प्रकाशित मिति : १४ पुस २०८० शनिबार ००:००  १० : १३ बजे