२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

जनताको जीवन स्तर बदल्ने पार्टी एमाले हो : नेता भट्टराई



कपिलवस्तु ।

जनताको सेवामा समर्पित बन्दै जनताको जीवन स्तर बदल्ने जिम्मेवारी नेकपा (एमाले) ले लिनु पर्ने एमाले कपिलवस्तुका ईन्चार्ज खिमलाल भट्टराईले बताएका छन् । नेता भट्टराईले दलिय ब्यवस्थामा जनताको जिम्मेवारी दलले नै लिनुपर्ने तर्क गर्दै त्यसको जिम्मेवारीका निम्ति पार्टी नेता, कार्यकर्ताले संकल्प गर्नुपर्ने बताए ।

नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुको विकासका संभावना र प्राथमिकताहरु कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै युवा नेता भट्टराईले कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य क्षेत्रको प्रभावकारी विकास संगै कपिलवस्तुको संस्कृतिको संरक्षण प्रवर्धनमा जोड दिए ।

युवा नेता भट्टराईले शुसासन संगै विकासलाई समय सापेक्ष प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । नेता भट्टराईले कपिलवस्तु विकासका संभावना र प्राथमिकता विषयक कार्यशाला गोष्ठीको शुभारम्भमा यस्तो धारणा राखेका थिए ।

कार्यशाला गोष्ठीमा एमाले पोलिटब्यूरो सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले जिल्लाका विकासका सवालहरुलाई प्राथमिकीकरण गरेर पार्टीले आफ्नो दायित्व एवम् जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिइैन् । राष्ट्रिय सभा सदस्य घिमिरेले दिगो विकासका लक्ष्यलाई समेत ध्यान दिएर कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए ।

एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले समग्र कपिलवस्तुको विकासका सवालमा राजनैतिक दल बीच एकरुपता कायम गर्दै जिल्लाका गौरवका योजना प्राथमिकीकरण गर्नुपर्ने धारणा राखे ।

कार्यशाला गोष्ठीमा कपिलवस्तु जिल्लाका विषयवस्तु उठानका लागि संसदिय समूह, स्थानिय तह समूह र पार्टी नेतृत्व समूह गरी तीन समूहमा विभाजन गरी उपलब्धी, अवसर र चुनौतीका बारेमा छलफल एवम् प्रस्तुती गरिएको थियो ।
विशेषगरी गोष्ठीमा कपिलवस्तुका उपलब्धी, अवसर, चूनौती र आगामी कार्यभार तथा जिम्मेवारीका विषयमा छलफल केन्द्रित भएको एमाले जिल्ला उपाध्यक्ष विश्राम थारुले बताए । कार्यशाला गोष्ठीको सहजीकरण पोमनारायण पौडेल, गुणनिधी भुसालले गरेका थिए ।

एमाले जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता र जिल्ला सचिवालय सदस्य भेषराज पाण्डेको संचालनमा सम्पन्न गोष्ठीमा नेकपा (एमाले)का केन्द्रिय सदस्य एवम् कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य बलराम अधिकारी, एमाले केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री वृजेश कुमार गुप्ता, केन्द्रिय सदस्य एवम् प्रतिनिधी सभा सदस्य सिराज अहमद फारुकी, केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, कपिलवस्तु प्रतिनिधी सभा ३ का सदस्य मंगल प्रसाद गुप्ता, एमाले केन्द्रिय सदस्य शुसिल कुमार श्रीवास्तव, जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्य, प्रदेश सभा सदस्यहरु अर्जुन केसी, नवराज लामिछाने, मधुशूधन शरण चौधरी, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, यशोधरा गाउँपालिका अध्यक्ष शिवदयाल यादव, एमाले पालिका अध्यक्ष लगायतका जिल्ला नेताहरुको सहभागिता रहेको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिए ।

प्रकाशित मिति : १४ पुस २०८० शनिबार ००:००  १० : २८ बजे