१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

फिनल्यान्ड र स्विडेनको तापक्रम माइनस ४० डिग्रीभन्दा तल



एजेन्सी ।
फिनल्यान्ड र स्विडेनमा यस वर्ष जाडो शुरु भएपछि अहिलेसम्मकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । त्यहाँको न्यूनतम तापक्रम हिजो शून्यदेखि माइनस ४० डिग्री सेल्सियससम्म झरेको स्विडेनको मौसम तथा जलविज्ञान संस्थानले जनाएको छ ।

न्यूनतम तापक्रम कम भएपछि नर्डिक क्षेत्रमा चिसो बढेको छ । चिसो र हिउँले सबै क्षेत्रमा यातायात अवरुद्ध भएको छ । मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

स्विडेनमा चिसोका कारण रेल सञ्चालनका लागि धेरै समस्या भएको छ । मौसम तथा जलविज्ञान संस्थानले उत्तरी स्विडेनमा धेरै ठाँउमा तापक्रम माइनस डिग्रीमा झरेको जनाउँदै दक्षिणी स्विडेनमा आजसम्मका लागि हिउँ र तीव्र गतिको हावाको चेतावनी जारी गरेको छ । फिनल्यान्डका केही ठाँउमा एक हप्तासम्म तापक्रम शून्यदेखि ४० डिग्री सेल्सियससम्म झर्ने खबरमा उल्लेख छ ।

प्रकाशित मिति : १८ पुस २०८० बुधबार ००:००  ७ : ४४ बजे