२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

इंग्लिस प्रिमियर लिग : वेस्टह्याम युनाइटेड र ब्राइटनले खेले बराबरी



काठमाडौँ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेड र ब्राइटनले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडेका छन् ।

खेलमा दुवै टोलीले केही राम्रा अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा जित निकाल्न चुकेका थिए ।

यो बराबरीसँगै वेस्टह्याम युनाइटेड २० खेलबाट ३४ अंक जोडेर छैटौँ स्थानमा रहँदा ब्राइट ३१ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १८ पुस २०८० बुधबार ००:००  ८ : १८ बजे