२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्टमा पहिलो दिन नै २३ विकेट पतन



एजेन्सी ।
भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट खेलमा पहिलो दिन नै कुल २३ विकेट गुमेको छ । बलर चम्किएको खेलमा पहिलो दिनको समाप्तिमा दक्षिण अफ्रिकाले दोस्रो पारीमा तीन विकेट गुमाएर ६२ रन जोडेको छ।

दक्षिण अफ्रिका अझै पनि ३६ रनले पछि छ । पहिलो दिन नै दुवै टोली अलआउट भएपछि दोस्रो पारीको खेल शुरु भएको हो । भारतले पहिलो पारीमा ९८ रनको अग्रता लिएको थियो । दक्षिण अफ्रिकाका एडेन माक्ररम ५१ बलमा ६ चौकासहित सर्वाधिक ३६ रनमा र डेविड वेडिङ्घम ७ रनमा छन् ।

भारतका मुकेश कुमारले दुई र जस्प्रित बुमराहले एक विकेट लिए । त्यसअघि भारत पहिलो पारीमा एक सय ५३ रनमा अलआउट भएको थियो । भारतका ७ खेलाडी शून्य रनमा आउट भए ।

केप टाउनमा टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिका ५५ रनमा अलआउट भएको थियो । यो भारतसँग कुनै पनि देशले टेष्ट क्रिकेटमा बनाएको कम रन हो । दुई खेलको टेस्ट शृङ्खलामा दक्षिण अफ्रिका १–० ले अघि छ ।

प्रकाशित मिति : १९ पुस २०८० बिहिबार ००:००  ७ : २० बजे