११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

तराईमा हुस्सु र कुहिरो, अरु क्षेत्रको मौसम कस्तो छ ?



काठमाडौं ।
आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिक बदली भएको छ । तराईमा आज पनि हुस्सु र कुहिरो लागेको छ ।

काठमाण्डौ उपत्यकामा पनि बिहान हल्का हुस्सु र कुहिरो छ । दिउँसो सामान्य बदली हुन सक्ने जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा सामान्यतया सफा नै रहने अनुमान गरिएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८० बिहिबार ००:००  ८ : १९ बजे