२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बार्सिलोनाको पुनरागमन जित



एजेन्सी ।
स्पेनिस ला लिगामा बिहीबार बार्सिलोनाले पुनरागमन जित दर्ता गरेको छ ।

लास पाल्मास विरुद्ध २-१ को जित निकाल्ने क्रममा बार्सिलोनाका लागि फेरान टोरेस र इल्काए गुन्डोगानले एक एक गोल गरे ।

बार्सिलोना खेलको १२औं मिनेटमा नै पछि परेको थियो । पूर्व बार्सिलोनाका खेलाडी मुनिर एल हाडाडीको गोलमा लास पाल्मास खेलमा अग्रता बनाएको थियो ।

बार्सिलोनाले बराबरी गर्न ५५औं मिनेट कुर्नु पार्यो । सर्जी रोबर्टोको पासमा टोरेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो गोल भने खेलको अन्तिम समयमा आयो । इन्ज्युरी समयको पहिलो मिनेटमा डेली सिन्कग्राभेनले गुन्डोगान माथि फाउल गरेपछि बार्सिलोनाले पेनाल्टी पायो ।सिन्कग्राभेनले सो फाउलका लागि रातो कार्ड खाँदै मैदान समेत बाहिरिए ।

गुन्डोगान आफैले सो पेनाल्टीमा गोल गर्दै जित सुनिश्चित गरे ।

बार्सिलोना जित संगै १९ खेलमा ४१ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । पहिलो र दोस्रो रहेका रियल म्याड्रिड र जिरोनाको समान ४८ अंक छ ।

प्रकाशित मिति : २० पुस २०८० शुक्रबार ००:००  ८ : ४० बजे