५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

उद्योग ब्यापार संघ कपिलवस्तु सम्मानित



काठमाडौं ।

उद्योग ब्यापार संघ कपिलवस्तुलाई काठमाण्डौंमा सम्मान गरिएको छ । व्यवसायिक हकहित र अधिकारका लागि कृयाशिल हुदै मानवीय तथा मासामाजिक कार्यहरु गरेको आधारमा संघ उत्कृष्ट जिल्लाको रुपमा सम्मान गरिएको हो ।

काठमाण्डौंमा आयोजित नेपाल उद्योग ब्यापार महासंघको दोस्रो साधारण सभाको अवसरमा प्रमुख अतिथी उर्जा मन्त्री शक्ति बहादुर बस्नेत तथा महासंघका अध्यक्ष खेम भन्डारीले संयुक्त रुपमा उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) लाई सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।

स्थापनाको छोटो समयमै उद्योग ब्यापार संघ कपिलवस्तुले संस्थागत तथा सामाजिक कार्य मार्फत जिल्लाको पहिचान र गरिमा कायम गर्न सफल भएकाले केन्द्रिय साधारण सभामा देशभरीमा सम्मानित हुन पाउँदा खुशी लागेको अध्यक्ष पौडेलले मायादेवी अनलाइनलाई बताए ।

प्रकाशित मिति : २१ पुस २०८० शनिबार ००:००  १० : ०० बजे