४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

उत्पादन, बजारीकरण र रोजगारी प्राथमिकता : सिनर्जी सहकारी



कपिलवस्तु ।

कपिलवस्तुमा केन्द्रिय कार्यलय सहित लुमिवनी प्रदेशका १२ जिल्लालाई कार्यक्षेत्रका रुपमा अघि वढाएको सिनर्जी बहुउदेश्यीय सहकारी सस्थाले तीन काममा प्राथमिकता गरेको छ । किसानमा आधारित उत्पादन त्यसको सहकारी मार्फत वजारीकरण र उत्पादन एवम बजारीकरणका माध्यमले रोजगारी श्रृजना यसका मुख्य ३ काम हुन पुगेका छन्।

मंगलवार जीतपुरमा भएको तेश्रो बार्षिक साधारण सभालाई संबोधन गर्दै प्रदेश सांसद बिष्णु पन्थीले बहुउद्देश्यीय सहकारीहरुले अब सिनर्जीले जस्थै बचत तथा ऋणको मात्र कारोवार नगरि उत्पादनमा जोड दिन आवश्यक रहेको बताउनुभएको छ । सांसद पन्थीले बहुउद्देश्यीय सहकारीले अब उत्पादनमा जोड दिई शेयर सदस्यहरुको आर्थिक स्तर उकास्नुपर्नेमा जोड दिनुभयो । उहाँले सिनर्जी बहुउद्देश्यीय सहकारी एक प्रदेशकै उत्कृष्ट सहकारी रहेको भन्दै यस सहकारीमा बचत तथा ऋणको कारोवार ढुक्कसंग गर्न अनुरोध गर्नुभयो ।

त्यस्तै प्रदेश सांसद गिरधारीलाल न्यौपानेले सहकारीले स्थानीय समुदायकोे आर्थिक स्तर उकास्नका लागि अहम भुमिका खेलेको बताउनुभयो । कार्यक्रममा सांसद न्यौपानेले शेयर सदस्यहरुलाई कृषि मार्फत आत्मनिर्भर हुनका लागि सहकारीले सहजिकरण गर्न आवश्य रहेको बताउनुभयो । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले नगरपालिकाको आर्थिक विकासका निम्ति सहकारीहरुको दरिलो भुमिका रहेको भन्दै नगरपालिकाले अनुगमन र नियमन गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाका सहकारीहरुमा आर्थिक हिनामिना नभएको र सबै सहकारी स्थानीय सरकार मातहत नै सञ्चालन भईरहेको बताउनुभयो ।

केन्द्रिय कार्यालय चारनम्बर स्थित सभाहलमा सम्पन्न साधारण सभामा यहि पुष २१ गते विभिन्न स्थानमा सम्पन्न साधारण सभामा संस्थाका सचिव कृष्ण प्रसाद न्यौपानेले तयार पारेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष चिरञ्जिवी पन्थले तयार पारेको आर्थिक प्रतिवेदन, लेखा समिती संयोजक डिबी रेश्मीले तयार पारेको वार्षिक लेखा प्रतिवेदन लगायत सम्पुर्ण प्रतिवेदन केन्द्रिय साधारणसभा मार्फत पारित गरिएको छ ।

त्यस्तै आर्थिक बर्ष २०८०।०८१ को वार्षिक नीति तथा कार्यक्रम एवम् प्रक्षेपित बजेट आर्थिक बर्ष २०७९।०८० को लाभांश वितरण, संस्थाको विनियम संशोधन, नीति तथा कार्यविधी संशोध, आर्थिक बर्ष २०८०।०८१ को लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक, दीर्घकालिन सम्पत्ति खरिद एवम् दीर्घकालिन ऋण लिने, साधारण सभाको इकाई सभा र केन्द्रिय निर्णय प्रमाणिकरणका निम्ति प्रतिनिधी चयन जस्ता प्रस्तावहरु पारित भएका छन् ।

सहकारीको आर्थिक बर्ष २०७९/०८० मा ९२ करोड ६४ लाख, ७० हजार ७ सय ५५ रुपैयाँ ८० पैसा बराबरको कुल दायित्व तथा पुंजी प्रस्तुत गरिएको छ । त्यस्तै आर्थिक बर्ष २०७९/८० मा सहकारीको शुद्ध मुनाफा ३ करोड ७४ लाख १८ हजार ६ सय ४६ रुपैयाँ ९६ पैसा रहेको छ ।

जेष्ठ सदस्य, असल बचत कर्ता, असल ऋणि, असल बाल बचत कर्ता, पत्रकार, जेहेनदार विद्यार्थीलाई सम्मान समेत गरिएको छ । सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले वर्तमान परिवेशलाई समेत ध्यानमा राख्दै सहकारीहरुलाई उत्पादन र सदस्यमुखी भई कार्यसम्पादन गर्नु सदस्यहरुको दोहोरोपनलाई अन्त्य गरि व्यवस्थापकीय जटिलता र लागतलाई मितव्ययी बनाउन, पुँजीलाई उपलब्धिमुलक रुपमा परिचालन गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

अध्यक्ष बेल्बासेले सहकारीका सदस्यहरुको उत्पादनलाई प्रवद्र्धन गरी बजारीकरण गर्ने, आवश्यक स्रोत कर्जा लगानी गर्ने र स्वरोजगार निर्माणमा योगदान गर्ने, सामुहिक उद्यमशीलतालाई प्रवद्र्धन गर्ने, सीप र प्रविधिको विकासमा जोड दिने, सहकारीको माध्यमबाट समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउने र समृद्धि हासिंल गर्ने जस्ता सहकारीको आगामी लक्ष्य रहेको बताउनुभयो ।

त्यस्तै आगामी आर्थिक बर्षमा निक्षेपमा ९ करोड थप गरी ५७ करोड पु¥याउने, स्थानिय तहसंगको साझेदारीमा कोशेली घर निर्माण, सहकारीको आफ्नै जग्गामा सहकारी कोलेनी मोडेल घर निर्माणको प्रयत्न गर्ने, ४ नं. मुख्य कार्यालयमा सहकारी बजार संचालन, ३ हजार ५ सय शेयर सदस्य थप गरी करिव १५ हजार शेयर सदस्य पु¥याउने, शिक्षा शिविरलाई अभियानकै रुपमा संचालन, सदस्य राहत कोष र सदस्य दूर्घटना बिमा एवम् कर्जा बिमालाई प्रभावकारी कार्यान्वयन, सहकारी बजार तर्फ प्रत्यक्ष ग्राहकलाई मुनाफाको २० प्रतिशत वोनस सहित उत्कृष्ट ग्राहकहरुलाई सम्मान तथा पुरस्कृत गर्ने जस्ता मुख्य कार्यक्रम गरिने सहकारीका लक्ष्य रहेका छन् । साधारण सभामा बाणगंगा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरीले यो सहकारीका सञ्चालक समिति, केन्द्रिय कार्यालय यसै स्थानमा रहेकाले अन्य सहकारी जस्तो आर्थिक अनियमितता नहुने भएकाले शेयर सदस्यहरु ढुक्क हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बुटवल लुम्बिनी प्रदेश प्रमुख नारायण प्रसाद बेल्बासेले प्रशिक्षण दिंदै सिनर्जी बहुउद्देश्यीय सहकारीको प्रतिवेदन र क्रियाकलाप अध्ययन गर्दा यो सहकारी शेयर सदस्यहरुको प्रत्यक्ष संलग्नतामा सञ्चालन भएको सहकारी भएको पुष्टि भएको बताउनुभयो । कार्यक्रम सहकारीका उपाध्यक्ष कुलराज पौडेलको स्वागत तथा सचिव कृष्ण प्रसाद न्यौपानेको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : २६ पुस २०८० बिहिबार ००:००  ९ : २७ बजे