६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

घुस रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ



बाँके ।
बाँकेको प्रहरी चौकी खडैचामा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले नियन्त्रणमा लिएको छ।

कृषि प्रयोजनका लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस लिएको आरोपमा अख्तियारले उनलाई बुधवार नियन्त्रणमा लिएको हो।

उनले घुसबापत आठ हजार रुपैयाँ लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए। यस विषयमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति : २६ पुस २०८० बिहिबार ००:००  १० : ४७ बजे