४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

राष्ट्रिय स्वतन्त्र पार्टी बर्दियाका २१ जना नेता कार्यकर्ताले पार्टी छाडे



काठमाडौँ ।
बर्दियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका छन्।

सदरमुकाम समेत रहेको गुलरिया नगरपालिका ४ का २१ जना अगुवा नेता कर्यकर्ताले सामूहिक रुपमा पार्टी छाडेका हुन्।

उनीहरले पार्टीका जिल्ला संयोजकलाई सम्बोधन गरेर लेखेको पत्रमा पार्टी भित्रको गुट उपगुट र नेतृत्वमा रहेको स्वार्थीपनाका कारण पार्टी छाडेको उल्लेख छ।

रास्वपाका वडा सभापति प्रेमबहादुर खड्का, सहसचिव दीपेन्द्रप्रसाद लामिछाने, गुलरिया नगर कमिटी सदस्य उमेश यादव लगायतले पार्टी छाडेका हुन्।

प्रकाशित मिति : १ माघ २०८० सोमबार ००:००  १० : ०३ बजे