१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाजामा रातभर इजरायली हमला, पछिल्लो समय १ सय ३२ जनाको मृत्यु



काठमाडौं ।
इजरायलको आक्रमणबाट गाजामा पछिल्लो २४ घण्टामा कम्तिमा १ सय ३२ जनाको मृत्यु भएको छ । अल जजिराका अनुसार, उत्तरी, मध्य र दक्षिणी गाजामा इजरायली हमलाहरू रातभर निरन्तर जारी थियो ।

गत २४ घण्टामा कम्तिमा १३२ जनाको मृत्यु भएको बताइएको छ । इजरायलले आक्रमण नरोक्दा गाजामा मानवीय संकट चुलिएको पनि हप्तौं भइसकेको छ ।

मानवीय सहायता एजेन्सीहरुले गाजामा छिटो र सहजरुपमा सहायता सामाग्री प्रभावितलाई पु¥याउन अपील गरेका छन् । गाजामा बाँकी रहेका सर्वसाधारणले भोकमरी र रोगको सामना गरिरहेका छन् ।

अक्टोबर ७ यता गाजामा इजरायली आक्रमणमा कम्तिमा २४ हजार भन्दा धेरै सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । ६० हजार भन्दा बढी घाइते भएका छन् ।

हमासको आक्रमणबाट भने १ हजार १ सय ३९ इजरायली नागरिकले ज्यान गुमाएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८० मंगलबार ००:००  ८ : ४८ बजे