१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

साहारा सामुदायिक बनको काठ तस्करीको बिषय भ्रामक रहेको वनको दाबी



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा-९ भलवाड गाउँमा रहेको साहारा सामुदायिक बन उपभोक्ता समुहको काठ केहि दिन अघि ६ सय ५० क्युफिट काठ तस्करी भएको भनी सामाजिक संजालमा सामुदायिक बनका पदाधिकारी र जनप्रतिनिधिलाई जोडेर प्रकाशित भएको विषयप्रति समितिको गम्भिर ध्यानाकर्षण भएको छ । कार्यालयमा मंगलबार बसेको सर्वपक्षीय वैठकले सामाजिक संजालमा आएको उक्त विषय भ्रामक रहेको वनले दाबी गरेको छ ।

सब डिभिजन बन कार्यालय गोरुसिंगेका प्रमुख, बाणगंगा-९ का वडा अध्यक्ष, वडा सदस्य, सामुदायिक वनका पदाधिकारी, वन उपभोक्ता, बुद्धिजीविबाट सामुदायिक बनको घाटगद्दिमा स्थलगत निरीक्षण गर्दा सामुदायिक बनको लगत अनुसार ८ सय ३४.३८ क्युफिट काठ रहेको सब डिभिजन बन कार्यालय गोरुसिङेका प्रमुख वसन्त थापाले जानकारी दिनुभयो ।

साहारा सामुदायिक बनको क्षेत्रभित्र बर्षातको समयमा धिरि खोलाले बगााएर ल्याएको काठहरु बन नियम कार्ययोजना अनुसार दुर्गा मन्दिर ब्यवस्थापन समितिले साल जातको काठ ४२ क्युफिट र सिसौं जातको १५ क्युफिट काठ गरि ५७ क्युफिट काठको जरिवाना स्वरुप ५४ हजार साहारा सामुदायिक बनको खातामा जम्मा गर्ने र सो काठलाई साहारा सामुदायिक बनको कार्यालयमा संकलन गर्ने भनी बन कर्मचारी, जनप्रतिनिधि, बन समितिका पदाधिकारी, बन उपभोक्ता, बुद्धिजीवी, भद्र भलादमीको उपस्थितिमा निर्णय गरिएको साहारा सामुदायिक बनका अध्यक्ष ठाकुर प्रसाद खनालले जानकारी दिनुभयो।

अध्यक्ष ठाकुरले तथ्यहिन र भ्रामक कुराहरुको पछि नलाग्न सम्पूर्ण सरोकारवाला, उपभोक्ता र सम्वन्धित पक्षलाई अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २ माघ २०८० मंगलबार ००:००  ९ : १० बजे