५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

उद्योग तथा व्यवसायी महासंघ कपिलवस्तुको अध्यक्षमा पौडेल निर्वाचित



कपिलवस्तु ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ कपिलवस्तुको प्रथम अधिवशेनले रबिन्द्र पौडेलको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण गैरे र बिष्णु पाण्डे, सचिवमा दिपक सापकोटा, उप–सचिवमा मनु रसाईली र बालिका बुढाथोकी, कोषाध्यक्षमा धु्रब भुसाल, सह कोषाध्यक्षमा शान्ता अधिकारी सर्वसम्मत निर्वाचित हुनभएको छ भने अन्य सदस्यहरुमा निर्वाचित भएका छन् । महासंघको विधान अनुसार ४१ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने व्यवस्था रहेको छ ।
बन्द शत्रका प्रमुख अतिथी महासंघका केन्द्रिय सचिव बलराम भट्टराईले राज्यले उद्योग व्यवसायमैत्री निति नबनाउदा व्यवसायीहरु संकटमा परेको बताउनुभयो । नवनिर्वाचित कमिटिलाई बधाई दिदै सम्पूर्ण व्यवसायीको हक अधिकारको लागि संगठित हुदै पार्टीको नीति र कार्यक्रमलाई कार्यान्वयन गर्दै आर्थिक विकासका गतिविधी अघि बढाउनुपर्नेमा जोड दिनुभयो । निर्वाचन मण्डलका अध्यक्ष नेकपा एमाले प्रदेश कमिटि सदस्य दोर्णराज सुवेदीले निर्वाचित उद्योगी व्यवसायीले वधाई दिदै नमुना संगठनको रुपमा काम गरेर देखाउन शुभकामना दिनुभयो ।
कपिलवस्तु उद्योग वाणिज्य संघ चारनम्बरमा आयोजित प्रथम अधिवेशनबाट निर्वाचित अध्यक्ष पौडेलले सर्वसम्मत अध्यक्षको जिम्मेवारी प्रदान गर्ने सवैमा धन्यवाद दिंदै संगठनलाई चुस्तदुस्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ४ माघ २०८० बिहिबार ००:००  ७ : ३२ बजे