१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

किसान ट्रयाक्टर समितिको अध्यक्षमा योगीको उम्मेद्वारी, सर्वसम्मतको संभावना



कपिलवस्तु ।

नेपाल किसान ट्रयाक्टर समितिको अध्यक्षमा व्यवसायी मनोहर कुमार योगीले उम्मेद्वारी घोषणा गर्नुभएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ८ पुल्चोक स्थित नेपाल किसान ट्रयाक्टर समितिको नवौं अधिवेशन नजिकिरहदा नेतृत्वका लागि योगीले उम्मेद्वारी घोषणा गर्नुभएको हो । समितिको यहि माघ ६ गते नवौं अधिवेशन हुदैछ । समितिका पुर्व उपाध्यक्ष समेत रहनुभएका योगी यस अघिको अधिवेशनमा अध्यक्षका उम्मेद्वार हुनुहुन्थयो । ७ मतको अन्तरले उहा उपविजेता बन्नु भएको थियो । त्यतिबेला एमालेका केहि ब्यावसायी र कांग्रेस निकटका ब्यवसायी बीच अर्काे मोर्चा तयार हुदा योगी पराजित हुनु भएको हो ।

यसपाली एमाले समर्थित ब्यवसायी एक ढिक्का हुनु र कांग्रेस निकटका ब्यवसायी बरिष्ठ उपाध्यक्ष र महासचिव पद लिएर सर्वसम्मत आउन अनौपाचारीक रुपमा तयार हुनुले किसान टयाक्टरमा सहमतिको राजनीति शुरु हुन लागेको आकलन गरिएको छ । समग्र ट्रयाक्टर व्यवसायीहरुको हक हितका लागि नेतृत्व गर्न आफु उम्मेद्वार रहेको योगीले बताउनुभयो ।
अध्यक्षमा योगीको उम्मेद्वारी रहेसंगै ३ सय ५ नियमित ट्रयाक्टर धनी मध्ये अधिकांश ट्रयाक्टर धनी उत्साहित भएका छन् । कपिलवस्तुको बाणगंंगा ११ ओदारी निवासी योगी हाल समितिको सल्लाहकार हुनुहुन्छ । उहाँले ट्रयाक्टर व्यवसायीको हक हित र संरक्षणका लागि काम गर्न सक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पुर्व उपाध्यक्ष, हाल सल्लाहकारको जिम्मेवारी कुशलता पुर्वक पुरा गरेको र संस्थागत नेृतत्व गर्न सक्ने क्षमता भएकाले योगीले समितिको नेतृत्व गर्न सक्ने व्यवसायीले बताएका छन् ।

विगतमा पनि व्यवसायीलाई परेका समस्या र अप्ठ्यारोमा निरन्तर साथ दिएका योगी नेतृत्वमा आउनु हामी सबै व्यवसायीको लागि गर्वको कुरा हो’ एक ट्रयाक्टर व्यवसायीले भने । उहाँले व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर विगतमा पनि कार्य गरेको र सबै व्यवसायीलाई समावेश गर्दै संस्थालाई उचो बनाउने गरि अध्यक्षको जिम्मेवारी पनि उत्तिकै कुशलतापुर्वक पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँलाई नेकपा (एमाले) निकटको उद्योग ब्यावासयी संगठनले अध्यक्षको उम्मेद्वार बनाउने सर्बसहमत निर्णय गरेको बताइएको छ ।

यसैबिच केहि समय अघि सम्म अध्यक्षको दावि गर्नुभएका एमाले समर्थित हाल समितिका महासचिव झविन्द्र खनालले योगीलाई समर्थन गर्नुभएको छ । त्यसो त कांग्रेस निकटका ब्यवासायीहरु समेत योगीलाई सर्बसहमत अध्यक्ष बनाउन आन्तरीक रुपमा तयार भएको वताइन्छ । नेपाल किसान ट्रयाक्टर समिति जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका वि.स. २०५६ जेठ १४ गर्ने दर्ता भएको संस्था नेपाल ट्रयाक्टर महासंघमा वि.स. २०६६ बैशाख ९ गते आवद्ध भएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८० शुक्रबार ००:००  ११ : ०९ बजे