२८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

ग्लेन म्यासवेलमाथि क्रिकेट अस्ट्रेलियाद्वारा छानबिन



एजेन्सी ।
अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्यासवेलमाथि छानबिन सुरु भएको छ।

मादक पदार्थ सेवन घटनापछि एडिलेडमा अस्पताल भर्ना भएका ग्लेनमाथि क्रिकेट अस्ट्रेलियाले छानबिन गरिरहेको जनाएको छ।

म्यासवेलले अर्को महिना वेष्ट इन्डिजसँग घरेलु मैदानमा हुने तीन खेलको एक दिवसीय सिरिज खेल्ने टोलीबाट बाहिरिएका छन्। यद्यपी क्रिकेट अस्ट्रेलियाले यो निर्णय घटनासँग सम्बन्धित नरहेको जनाएको छ।

सेभेन न्युजका अनुसार गत शुक्रबार राति अस्ट्रेलियाका म्याक्सवेल सिक्स एण्ड आउटको कन्र्सट हेरिरहेका थिए। सोही क्रममा ३५ वर्षिय म्यासवेललाई एक् एम्बुलेन्सले रोयल एडिलेड अस्पताल लगिएको बताइएको छ।

उनलाई के कारणले अस्पतालमा भर्ना गरियो भन्ने खुलेको छैन।

प्रकाशित मिति : ९ माघ २०८० मंगलबार ००:००  ३ : २८ बजे