१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गजेहडा खानेपानीमा निर्वाचित समितिलाई सपथ खुवाइयो



वाणगंगा, मायादेवी अनलाइन ।
वाणगंगा १ जितपुर अवस्थित गजेहडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा निर्वाचित पदाधिकारी सदस्यलाई एक समारोहबीच आज सपथ ग्रहण गराइएको छ । गत साता माघ ३ गते सम्पन्न समितिको छैठौं साधारण सभा तथा तेश्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित समितिलाई सपथ खुवाइएको हो ।
निर्वाचन मण्डलका संयोजक अर्जुन शाहीले गजेहडा खानेपानी तथा सरसफाई समितिमा निर्वाचित अध्यक्ष राजकुमार खाँण सहित पदाधिकारी सदस्य र लेखा समितिका संयोजक अर्जुन पोखरेल सहित सदस्यलाई सपथ ग्रहण गराउनु भएको छ । संयोजक शाहीले निर्वाचित सवैलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थागत विकासमा अझ पहँुच विस्तार गरेर स्वच्छ खानेपानी र सरसफाईमा प्रतिवद्ध भएर काम गर्नुपर्ने बताउनुभयो ।
सपथ ग्रहण कार्यक्रममा समाजसेवी बेदराज नेपाली, श्रृङ्गिघाट सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष गणेश बहादुर सिंह, पूर्व लेखा संयोजक कृष्ण बहादुर शाही, पत्रकार हरि अधिकारी, सल्लाहकार शंकर पौडेल, टेक बहादुर शाही, निवर्तमान वडा अध्यक्ष बालकुमारी अधिकारी, गणेश बहादुर क्षेत्री लगाएतले खोनपानी समितिले छोटो अवधीमै राम्रो प्रगती गरेकाले आ आफनो क्षेत्रबाट यस संस्थालाई सहयोग गर्ने बताएका थिए ।
पुनः अध्यक्षमा निर्वाचित राजकुमार खाँणले सर्वसम्मत नेतृत्व चयनका लागि धन्यवाद दिदै समितिमा सवैको अपनत्वले संस्थाले प्रगती हासिल गर्ने र उपभोक्ताको हितमा आफु सदैव समर्पित हुने बताउनुभयो । त्यस्तै समितिको उपाध्यक्षमा मञ्जु खत्री, महासचिवमा बुद्ध बहादुर शाही, कोषाध्यक्षमा नमुना पौडेल, सचिवमा खिल प्रसाद शर्मा, लेखा समितिको संयोजकमा अर्जुन पोखरेल निर्वाचित हुनुभएको छ भने अन्य सदस्यहरुमा रहनु भएकोछ ।
निर्वाचन मण्डलका संयोजक अर्जुन शाहीको अध्यक्षता, सदस्यद्वय राजेन्द्र विक्रम शाहको संचालन तथा शुष्मा खाँणको स्वागमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ९ माघ २०८० मंगलबार ००:००  ९ : ४२ बजे