१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

डोनाल्ड ट्रम्प न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनावमा विजयी



एजेन्सी ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव जित्नुभएको छ । ट्रम्पले ११ प्रतिनिधि पाउनुभएको वासिङ्गटन पोस्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उहाँका प्रतिद्वन्द्वी निक्की हेलीले ८ जना प्रतिनिधि पाउनुभएको छ । हेली राष्ट्रसंघीय पूर्व राजदूत हुनुहुन्छ ।

प्राइमरीको नतिजा अनुसार न्यु ह्याम्पशायरमा रिपब्लिकन पार्टीका कुल २२ प्रतिनिधि छन् । यो प्राइमरी चुनावमा विजयी हुने राष्ट्रपतिको उम्मेदवार बन्ने लगभग निश्चित हुने विश्वास गरिन्छ । ट्रम्पले न्यु ह्याम्पशायर जितेपछि रिपब्लिकनका लागि यो दौड समाप्त भएको विश्लेषण गरिएको छ ।

पूर्व राष्ट्रपतिको लागि यो महत्वपूर्ण जित हो । यो जितसँगै ट्रम्पलाई आउँदो नोभेम्बरमा पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने हैसियत बनाइदिएको छ । राष्ट्रपति जो बाइडेन पनि डेमोक्र्याटबाट प्राइमरी चुनाव जित्ने अनुमान गरिएको छ । तर उहाँको पार्टी भित्रको लडाइँका कारण बाइडेनको उम्मेद्वारी सहज नहुने बीबीसीको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : १० माघ २०८० बुधबार ००:००  १ : ५७ बजे