१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सिद्धार्थ सामाजिक विकास केन्द्रको २८औं बार्षिकोत्सव सम्पन्न



बाबुराम रायमाझी, वाणगंगा ।
वातावरण शान्ति र सामाजिक विकासका लागी रोग, भोग, अशिक्षाका विरुद्ध अघि बढौं भन्ने मुल नाराका साथ सिद्धार्थ सामाजिक बिकास केन्द्रको २८औं बार्षिकोत्सव संस्थाको आफ्नै सभा हलमा सम्पन्न भएको छ । २०५२ माघ ११ गते स्थापना भएको संस्थाले हाल लुम्बिनी प्रदेशलाई मुख्य कार्यक्षेत्र बनाएर आर्थिक, सामाजिक, राजनीतिक अधिकार र शक्तिकरणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
वार्षिकोत्सवका अवसरमा संस्थामा उत्कृष्ट ३ जना कर्मचारीहरु धनेश्वरी घर्ती कार्यक्रम संयोजक, नागवान केवट सामाजिक परिचालक र नारायण थापा कार्यालय सहायकलाई सम्मान गरेको छ । त्यस्तै सिद्धार्थ क्याम्पसमा अध्ययनरत २ जना अपांग विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि जनही ५।५ हजार छात्रवृत्ति स्वरुप प्रदान गरेको छ । साथै बाल संगठन तौलिहवामा रहेका अनाथ बालबालिकाका लागि १० हजार जिल्ला बाल संगठन कपिलवस्तुका अध्यक्ष गोपालमणि ज्ञवालीलाई हस्तान्तरण गरेको छ । १४ औं कपिलवस्तु महोत्सव २०८० मा डान्स आइडलमा प्रथम हुने वाणगंगा १० पटनाकी मोनिका रानालाई सम्मानित गरेको छ । दाङमा भएको लुम्बिनी प्रदेश स्तरीय महिला भलिबल खेलकुदमा वाणगंगा नगरपालिकाका किशोरी संजालका बिजेता समुहलाई पनि संस्थाले सम्मानित गरेको छ ।
संस्थापक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी सागर प्रसाद श्रेष्ठले वार्षिकोत्सव कार्यक्रमको सफलताको शुभकामना दिदै स्वदेशका युवालाई विदेश पलायन हुनबाट रोक्न संस्थाले विभिन्न अवसरहरु सिर्जना गरेको बताउनुभयो । उहाँले रोजगार र आयआर्जनका लागी समुदाय तहमा सिपमुलक तथा जीविकोपार्जनका कृयाकलाप संचालन गरिरहेकोमा संस्थाको प्रंशसा गर्नुभयो । कार्यक्रममा बाल संगठन कपिलवस्तुका अध्यक्ष गोपालमणी ज्ञवाली, सामाजिक अभियन्ता धनेश्वरी घर्ती, कार्यक्रम प्रमुख प्रकाश घिमिरे, संस्थाका पुर्व अध्यक्षहरु पोम नारायण पौडेल, टिकाराम पौडेल, तेजप्रसाद आचार्य लगाएतले संस्थाको सामाजिक उत्तरदायित्वका गतिविधीलाई अघि बढाउदै नँया उचाईका साथ संस्थाको भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संस्थाकी अध्यक्ष सुर्य कुमारी शाहीको अध्यक्षता, उपाध्यक्ष हरिलाल शर्माको स्वागत र सचिव दुर्गा अर्यालको संचालनमा भएको थियो । सिद्धार्थ सामाजिक बिकास केन्द्र लुम्बिनी प्रदेशका १२ जिल्ला कार्यक्षेत्र रहेको संस्थाले हालसम्म कार्यक्षेत्रका ८० हजार घरधुरीमा प्रत्यक्ष पुगेर ४ लाख व्यक्ति लाभान्वित भएको सचिव अर्यालले जानकारी दिनुभयो।

संस्थाले वार्षिकोत्सवकै अवसरमा निशुल्क स्वास्थ्य शिविरमा आयोजना गरि २ सयले स्वास्थ्य जाँच गरेका छन् । स्वास्थ्य शिविरमा ग्रामिण भेगका महिलाहरुले बढी लाभ लिएका थिए ।

प्रकाशित मिति : ११ माघ २०८० बिहिबार ००:००  ७ : ०३ बजे