७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

भैरहवाबाट काठमाडौं आउँदै गरेको बसमा आगो लाग्यो



काठमाडौं ।
धादिङमा गुडिरहेको बसमा आगो लागेको छ । आज मंगलबार बिहान करिब साढे २ बजे भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु१ख ९१९० नम्बरको यात्रुवाहक बसमा आगो लागेको हो ।

गजुरी गाउँपालिका–२, चालिसेमा सो घटना भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार, एक्कासि ब्याट्री सर्ट भई बसको पछाडि भागको डिक्कीमा आगो लागेको थियो । आगलागीबाट बसको पछाडिको भाग र बाँया साइडमा क्षति पुगेको छ ।

डिक्कीमा राखिएको सामान जलेर क्षति भएको छ । यात्री कसैलाई केही नभएको र आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८० मंगलबार ००:००  १० : ४० बजे