१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रोकेको एकै गोलमा बार्सिलोना विजयी



काठमाडौँ ।
स्पेनिस ला लिगाअन्तर्गत बुधबारको प्रतिस्पर्धामा बार्सिलोनाले ओसासुनालाई हराएको छ।

युवा ब्राजिलियन खेलाडी भिटर रोकेले गरेको पहिलो गोल नै बार्सिनलोनाको जितका लागि निर्णायक भएको हो।

रोकेले खेलको ६३औँ मिनेटमा खेलको गोल गरेका थिए। एक मिनेटअघि मात्रै उनी मैदान प्रवेश गरेका थिए।

उनले जोआओ क्यान्सेलोको क्रसमा हेडरमार्फत गोल गरेका थिए।

चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा १० अंक र शीर्ष स्थानको जिरोनाभन्दा ११ अंक पछाडि रहेर खेल सुरु गरेको बार्सिलोनाले बुधबार १–० को जित हासिल गरेको हो।

बार्सिलोनाले २२ खेलबाट ४७ अंक बनाएको छ भने त्यत्ति नै खेल खेलेर शीर्षस्थानमा रहेको जिरोनाको ५५ र एक खेल कम खेलेको रियलको ५४ अंक छन्।

प्रकाशित मिति : १८ माघ २०८० बिहिबार ००:००  ८ : ४९ बजे