११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

समाजवादी मोर्चा नेपाल कपिलवस्तुको भेला आज



मायादेवी अनलाइन, बाणगंगा ।
समाजवादी मोर्चा नेपाल कपिलवस्तुको भेला शनिबार हुँदै छ ।

जिल्ला सदरमुकामस्थित कपिलवस्तु नगरपालिकाको सभाहलमा विहान ११ बजे मोर्चाको भेला आयोजना गरिएको मोर्चाको घटक दल नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुका उपाध्यक्ष फैजल खानले बताए ।

भेलामा समाजवादी मोर्चाको औचित्य, महत्वबारे प्रकाश पारिने छ । केन्द्रीय नीति अनुसार जिल्लामा सन्देश सभा आयोजना गरिएको नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष गीता अन्जानले जानकारी दिइन् ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी आवद्ध छन् ।

प्रकाशित मिति : २० माघ २०८० शनिबार ००:००  ९ : ०८ बजे