११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

डा. बेदुराम भुसालले ‘जनताको बहुदलीय जनवादका ऐतिहासिक विकासक्रम’ पुस्तक बजारमा ल्याउँदै



मायादेवी अनलाइन, काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष डा. बेदुराम भुसालको नयाँ कृति बजारमा आउँन लागेको छ ।

भुसालद्धारा लिखित ‘जनताको बहुदलीय जनवादका ऐतिहासिक विकासक्रम’ पुस्तक बजारमा आउन लागेको हो ।

आइतबार प्रज्ञा प्रतिष्ठानमा दिउँसो ३ बजे पुस्तकको लोकार्पण कार्यक्रम राखिएको जनाइएको छ ।

भुसाल दर्शनशास्त्रका अब्बल लेखक हुन् । उनले दर्शनशास्त्र सम्बन्धि एक दर्जन पुस्तक लेखिसकेका छन् ।

दर्शनशास्त्रमा पीएचडी उत्रिर्ण भुसालको पछिल्लो पुस्तकका रुपमा जनताको बहुदलीय जनवादका ऐतिहासिक विकासक्रम बजारमा आएको हो ।

शिखा बुक्सले बजारमा ल्याएको पुस्तकको लोकार्पण नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २० माघ २०८० शनिबार ००:००  १२ : ४९ बजे